
संस्थामा आवद्ध सदस्यहरूलाई जटिल प्रकृतिका रोगहरू लागेमा त्यस्ता सदस्यहरूलाई सहयोग गर्ने उद्देश्यका साथ संस्था र सदस्यको साझेदारीमा सदस्य बिमा बचत योजना तपसिल को नीति अनुसार तयार गरिएको छ ।
(अ) यस खातामा सदस्यता लिँदानै सदस्य बाट रु २०००।– सङ्कलन गरिने छ ।
(आ) संस्थाको तर्फबाट सो बचत कोषमा प्रति सदस्य रु २०००।– संस्थाले थप गरिदिने छ । ।
(इ) यस योजनामा सहभागी हुन बाँकी सदस्यहरूलाई अनिवार्य सहभागी गराइनेछ । अन्यथा संस्थाले प्रदान गर्ने सुविधा उपभोग गर्न पाईने छैन ।
(ई) यस बचत कोषको छुट्टै निर्देशिका तयार गरी लागु गरिने छ ।
(उ) यस खातामा मासिक न्यूनतम मौज्दातमा ब्याज गणना गरिने छ ।